• शुक्रबार, साउन १५ २०८३

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


आइतबार, असोज २५ २०७७
620
Shares


काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

उनी दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बेला आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी जन्डिसकोसमेत बिरामी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार