गोरखा । जिल्ला सदरमुकाम गोरखामा शनिवार रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब अफ गोरखा र लायन्स क्लब अफ गोरखा कालिकाको संयुक्त अयोजनामा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।
गोरखा उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखा, चेम्बर अफ कमर्स गोरखा र लियो क्लब अफ गोरखाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ९ जना महिला सहित ४१ जनाले रत्तदान गरेको लायन्स क्लब अफ गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा आयोजक दुवै क्बलका पदाधिकारीहरु, शसत्र प्रहरी, नेपाल प्रहरी र सर्व साधारणहरुले समेत रक्तदान गरेको क्लबले जनाएको छ । संकलित सबै रगत चितवन पठाईएको छ ।