• शुक्रबार, साउन १५ २०८३

शहिद लखनद्धारा मानव सेवा, रेडक्रस र गुरुकुललाई सहयोग


आइतबार, असोज २५ २०७७
720
Shares

गोरखा । शहिद लखन गाउँपालिकाले विभिन्न सामाजिक सस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।

चालु आर्थिक वर्षमा विनियोजित लोककल्याणकारी कार्यक्रम अन्तर्गतको रकमबाट जिल्लामा सक्रिय सामाजिक संघ संस्थालाई कुल तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जिवन आलेले जानकारी दिए ।

उक्त गाउँपालिकाले नेपाल रेडक्रस सोसाईटी गोरखा शाखालाई एक लाख ५० हजार, मानवसेवा आश्रम गोरखालाई एक लाख र गोरक्षनाथ वैदिक गुरुकुल आश्रम गोरखालाई ५० हजार रुपैयाँ सहयोग गरेको उनले बताए ।

मानव सेवा आश्रममा आयोजित कार्यक्रमका वीच गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले सम्बन्धित संस्थाका प्रतिनिधीलाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा गुरुकुलका मोहनलाल श्रेष्ठ, मानवसेवा आश्रमकी मुना लामा, नेपाल रेडक्रस सोसाइटीका गोरखा शाखा सभापती भगवानबाबु मास्के, शहिदलखन गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन आले मगर,वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका सचिव नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार