गोरखा । उत्तरी गोरखाको एक खोलाले बगाउँदा खच्चड गोठाला बेपत्ता भएका छन् ।
धार्चे गाउँपालिका ३ को खोर्लाखोलाले बगाउँदा चुमनुब्री गाउँपालिका ३ पाङसिङका ४५ वर्षीय हरि गुरुङ बेपत्ता भएको स्थानीयले बताएका छन् ।
घटना बारे जानकारी पाए लगतै माछाखोला चौकीको प्रहरी टोली र स्थानीयले खोजी गरेको प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।