गोरखा । गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस विज्ञप्ती अनुसार आइतबार गोरखामा थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा आरुघाट गाँउपालिका वडा नम्बर ८ का ३२ वर्षीय पुरुष र वडा नम्बर ९ का ३० वर्षीय महिला, शहिद लखन गाँउपालिका वडा नम्बर ७ का ४७,४५ र २८ वर्षीय पुरुष, बारपाक सुलिकोट गाँउपालिका वडा नम्बर ४ का २० र २० वर्षीय पुरुष रहेका छन् ।
यस्तै पालुङटार नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय पुरुष, गोरखा नगरपालिका नम्बर ४ का ३० वर्षीय पुरुष र नम्बर ६ का २४ वर्षीय महिला र ५२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माद्धाराले जानकारी दिए । संक्रमित मध्ये तीन महिला र ८ जना पुरुष रहेको शर्माले बताए ।