• शुक्रबार, साउन १५ २०८३

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु


आइतबार, असोज २५ २०७७
555
Shares


कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बाँके कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो।

उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ।

उनको शनिबार राति ९ बजेर ५५ मिनेटमा मृत्यु भएको थियो। असोज ६ गते कोरोना संक्रमन पुष्टि भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताएका छन्।

उनको मृत्युको कारण पनि निमिनियाको कारण स्वासप्रश्वासमा समस्या उत्पन्न भएर भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार