• आइतबार, भाद्र ७ २०८३

२८ दिनपछि डा केसीले तोडे अनसन


आइतबार, असोज २५ २०७७
635
Shares


सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले २८ दिनदेखि जारी आमरण अनसन आइतबार बिहान तोडेका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच उनले अनसन तोडेका हुन्।

शिक्षण अस्पताल महाराजगन्जमा शनिबार मध्यरात डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमतिमा हस्ताक्षर भएको हो।

बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए।

सोलिडायरिटी अफ डा गोबिन्द केसीका प्रितम सुवेदीका अनुसार अनसन तोडेलगत्तै केसीको आवश्यक उपचार सुरु भएको छ।

सरकार र केसीका प्रतिनिधिहरुबीच शनिबार मध्य राति ८ बुँदे सहमति भएको थियो।

सो कार्यक्रममा सरकारसँग भएको सम्झौता पढेर सुनाइएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार