काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन् ।
काठमाडौं १ हजार १ सय १६, भक्तपुर १ सय ३० ललितपुर १ सय ६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका हुन् । गौतमका अनुसार अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।