• सोमबार, साउन ११ २०८३

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो


शुक्रबार, असोज २३ २०७७
1K
Shares


नेपालमा कोरोनाबाट संक्रमण हुनेको कुल संख्या १ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६ सय ७६ पुगेको हो।

त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्। पछिल्लो २४ घण्टामा थप १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार