• आइतबार, असोज १८ २०८३

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई


शुक्रबार, असोज २३ २०७७
805
Shares


यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ।

नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्‍याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस्कार दिने निर्णय गरेको हो।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि २११ जना व्यक्ति र १०७ संस्था मनोनयनमा परेका थिए।

पुरस्कार जितेसँगै विश्व खाद्य कार्यक्रमले १ करोड नर्वेजियन क्रोनर पाउनेछ।

सन् १९०१ देखि दिन थालिएको नोबेल शान्ति पुरस्कार अहिलेसम्म २४ पटक संस्थाले पाएका छन्। अरू नोबेल पुरस्कारको घोषणा स्वीडेनको स्टोकहमबाट गरिने भए पनि शान्ति पुरस्कार नर्वेको ओस्लोबाट घोषणा हुन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार