• शुक्रबार, साउन १५ २०८३

सरिता र हेमले ल्याए ‘यसपालीको दशैं…’ (भिडियोसहित)


शुक्रबार, असोज २३ २०७७
695
Shares


काठमाडौं । गायिका सरिता भारती र गायक हेम श्रेष्ठको युगल स्वर रहेको दशैं गीत ‘यसपालीको दशैं…’ सार्वजनिक भएको छ ।

विदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई समेटेर यो गितको भिडियो समेत बनेको छ ।

भिडियोसहित सार्वजनिक गीतमा लय तथा संगीत हेम श्रेष्ठकै रहेको छ । गीतका शब्द डब्बु क्षेत्रीले लेखेका हुन् ।गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन् ।

भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । सरितालाई अभिनेता श्रीदेव भट्टराईले समेत साथ दिएका छन् । भिडियोमा अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतको समेत अभिनय छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार