• सोमबार, साउन ११ २०८३

सेनाका २९ सय ८८ जनामा संक्रमण पुष्टि


शुक्रबार, असोज २३ २०७७
855
Shares


काठमाडौँ — हाल सम्म नेपाली सेनाका २९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेनाका अनुसार पछिल्लो २४ घन्टामा १९ जना कोरोना संक्रमित थपिएका हुन् ।

दुई सैनिकले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । वर्तमान अवस्थामा कोरोना संक्रमित भएर आइसोलेसनमा १४ सय ६८ जना बसिरहेका छन् भने १५ सय १८ जना निको भएर काममा फर्किसकेका छन् ।

सेनाले आफ्नो हरेक ब्यारेक, पृतना, गण, गुल्म, तालिम केन्द्रहरुमा स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिए पनि सैनिकहरुमा कोरोना संक्रमण भने देखिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार