काठमाडौं । आज हुने भनिएको वार्ताको लागी सरकारले ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ ।
सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो । तर शुक्रबार थप वार्ता हुन सकेको छैन । डा. केसी पक्षले अपराहृन ४ बजेसम्म वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केसीका माग र उनको बिग्रदो स्वास्थ्यप्रति गम्भीरता नदेखाएको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका हुन्। उनीहरुले डा केसीको जीवन तलमाथि भएमा यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ।
२९ भदौदेखि अनसन बसेका डा. केसीलाई श्वासप्रश्वासमा थप कठिनाइ भएको छ भने शरीरमा अक्सिजनको मात्र पनि कम भएको चिकित्सकहरुले बताएका छन् ।