• आइतबार, भाद्र ७ २०८३

गोरखामा दशैं–तिहारको बेला सामूहिक कार्य गर्न रोक


शुक्रबार, असोज २३ २०७७
800
Shares


गोरखा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गोरखामा दशैं–तिहारको बेला सामूहिक कार्यक्रम गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले बडादशैं, दिपावली र छठको अवसरमा हुने शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरुमाथि रोक लगाएको हो ।

आज एक विज्ञप्ति जारी गरी जिल्लाभित्र हुने सामूहिक कार्याक्रम रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

विज्ञप्तिमा जिल्लामा यसअघिका चाडपर्वहरुमा झै यो पटक सामुहिक कार्यक्रम नराख्न आग्रह गरिएको छ । ‘विगतका वर्षहरुमा झै विभिन्न सामाजिक संघ संस्था, स्थानीय क्लब, आमा समूह लगायतका संघ संस्थाले शुभकामना कार्यक्रम तथा खेलकुद गतिविधि गरिरहेको भन्ने जानकारी प्राप्त भएकोले विद्यमान कोरोना भाइरस कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै चाडपर्व लक्षित भेला कार्यक्रम गर्ने, भेला भई शुभकामना आदानप्रदान गर्ने, खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने जस्ता गतिविधिहरु नगर्नु नगराउनुहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

हेरौँ विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार