• शुक्रबार, साउन १५ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


शुक्रबार, असोज २३ २०७७
680
Shares

काठमाडौँ । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडानम्बर ४ निवासी ६७ वर्षीय पुरूषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

ज्वरो र रूघाखोकी लागेपछि यही असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । २१ गते उनमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो । धरानतर्फ जाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झाले जानकारी दिए ।

मृतक पुरुषमा निमोनियासमेत देखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार