• सोमबार, साउन ११ २०८३

कर्मचारी सञ्चय कोषको सेवा बन्द


शुक्रबार, असोज २३ २०७७
820
Shares


काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सेवाहरु शुक्रबार बन्द गरेको छ । कोषमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो ।

कोषले कर्मचारी सञ्चय कोषले आफ्ना सेवा बन्द गरे पनि अनलाइनबाटै गर्न सकिने ‘अनलाइन विशेष सापटी सेवा’ यथावत राख्ने जनाएको छ ।

कोषले उपत्यकाभित्र ठमेल, लगनखेल कार्यालय र पुल्चोक र सिंहदरबार सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, वुटवल, कोहल्पुर, धनगढी, सुर्खेतमा कोषका कार्यालय र धनकुटामा सेवा केन्द्र रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार