• शुक्रबार, साउन १५ २०८३

सिटिइभिटीका स्थगित परीक्षा दसैंलगत्तै हुने


शुक्रबार, असोज २३ २०७७
1.4K
Shares


प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले स्थगित भएका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने भएको छ।

२०७६ चैत ६ गते र त्यसपछिका परीक्षा कोरोनाका कारण स्थगित गरिएकोमा ती परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने परिषदले जानकारी दिएको छ।

परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोरोना महामारीले गर्दा स्थगित भएका थिए।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै परीक्षाहरू सञ्चालन गर्ने तयारी गरिएको परिषदले सूचना निकालेर जानकारी दिएको छ।

परिषदले छिट्टै परीक्षा तालिका निकाल्ने बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार