• शुक्रबार, साउन १५ २०८३

गुण्डा नाइके राधे भण्डारी पक्राउ


शुक्रबार, असोज २३ २०७७
865
Shares


काठमाडौं । प्रहरीले गुण्डा नाइके राधे भण्डारीलाई पक्राउ गरेको छ।

धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि प्रहरीले राधेलाई पक्राउ गरेको हो ।

जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । त्यसलाई रोक्न भनेपछि भण्डारीले जनप्रतिनिधिलाई धम्की दिएको तिम्सिनाले बताए । त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए ।

२१ असार ०७० मा चरीलाई गोली हानेपछि भण्डारी चर्चामा थिए। उनी राजनीतिक दबाबका आधारमा धरौटीमा रिहा भएका थिए। त्यसको एक वर्षपछि चरीलाई प्रहरीले इन्काउन्टर गरेको थियो।

पक्राउ परेका भण्डारीविरुद्ध आज सार्वजनिक शान्ति भंगविरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको डीएसपी तिम्सिनाले जनाकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार