• शुक्रबार, साउन १५ २०८३

आईपीएल : हैदरवादले पन्जाबलाई ६९ रन हरायो


शुक्रबार, असोज २३ २०७७
800
Shares


इन्डियन प्रिमियर लिग (आईपीएल) को २२औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलेभेन पन्जाबलाइ ६९ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बिहीबार दुबईमा भएको खेलमा हैदरावादले ६९ रनको जित निकालेको हो।

लिगमा तेस्रो जित निकालेको हैदावाद अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। ६ खेलमा पराजित पन्जाब अंक तालिकाको पुछारमा छ। हैदरावादले दिएको २ सय २ रनको विशाल लक्ष्य पछ्याएको पन्जाब १६ दशमलव ५ ओभरमा मात्र १ सय ३२ रनमा समेटियो।

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ७७ रनको योगदान दिए। ८ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। मोहम्मद शामी, अर्शदीप सिंह र शेल्डन कटरेलले खाता खोल्न सकेनन्। रासिद खानले आफ्नो स्पेलमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए। खलिल अहमद र टी नटराजनले २ विकेट लिए।

अभिषेक शर्माले एक विकेट आफ्नो नाममा लेखाए। त्यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रनको विशाल योगफल तयार पारेको थियो।

जोनी बेयरस्टोले ९७ रनको उत्कृष्ट पारी खेले। ओपनर बेयरस्टो र डेविड वार्नरले १ सय ६० रनको उत्कृष्ट साझेदारी गरेपछि हैदरावादले उक्त स्कोर बनाएको हो।

बेयरस्टोले ५५ बलमा ७ चौका र ६ छक्कासहित ९७ रन जोडे। यस्तै वार्नरले ४० बलमा ५ चौका र एक छक्का प्रहार गरे। यस्तै केन विलियम्सनले १० बलमा एक चौका र एक छक्कासहित २० रन जोडे। पन्जाबका रवि विस्नोइले ३ तथा अर्षदीप सिंहले दुई विकेट लिए। मोहम्मद सामीको नाममा १ विकेट रह्यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार