Doha, DOH, Qatar – November 3, 2014: The Night Skyline of residential and office buildings of the West Bay District in Doha, photographed from across the bay
कतार सरकारले श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाइने नियम ल्याएको छ। श्रम कानुनमा संशोधन गरी रोजगारदाता परिवर्तन गर्दा अब नो अब्जेक्सन प्रमाणपत्र समेत आवश्यक नपर्ने बताइएको छ।
रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रक्रियाको बारेमा दूतावासले जानकारी गराएको छ। यो नियमले रोजगार परिवर्तन गर्न चाहने नेपाली श्रमिकलाई पनि फाइदा पुग्ने छ।
यस्तो छ रोजगारदाता परिवर्तनको प्रक्रियाः
१)रोजगारदाता कम्पनी वा व्यक्ति परिवर्तन गर्दा सूचना दिनु पर्ने।
२) २ वर्ष भन्दा बढि अवधि कम्पनीमा काम गरिरहेको भए २ महिना पहिले सूचना दिने।
३) २ वर्ष भन्दा कम अवधि काम गरिरहेको भए १ महिना पहिले सूचना दिने।
४) रोजगारदाता संग भएको करारको म्याद सकिने मिति भन्दा ३० दिन अघि सूचना दिनुपर्ने।
५) करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्ष पछि मात्र सूचना दिन सकिने। यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने।
६) सूचनासँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, सो नभए रोजगारी दिने पत्र (इम्पोलोइमेन्ट अफर), जान चाहेको रोजगारदाताले अरवीमा लेखेको जागिर दिन्छु भन्ने पत्र (जव अफर) र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नु पर्दछ।
७) रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणालीबाट लिंकमा गएर दिने। सूचना दिइसकेपछि कामदार र जान चाहेको रोजगारदाता कम्पनीलाई एसएमएसबाट जानकारी आउछ।
८) नयाँ रोजगारदातासँग रोजगार करार गर्ने नयाँ रोजगारदाता कम्पनीले कामदार सँग छलफल गरी करार पत्र बनाउने।
९) करार पत्र कतारको श्रम मन्त्रालयबाट प्रमाणिकरण गर्नको लागि लिंकमा गएर गर्ने।
१०) कतारको नयाँ आइडी बनाउने करार पत्र प्रमाणिकरण भएपछि रोजगारदाता कम्पनीले कतार आइडीको लागि आन्तरिक मन्त्रालयमा अनुरोध गर्ने।
११) नयाँ रोजगारदाता कम्पनीले कतार आइडी र हेल्थ कार्ड बनाईदिने।