गोरखा । बिहिबार गोरखामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहिबार दिउँसो विज्ञप्ती जारी गर्दै १० जनामा संक्रमण भएको पुष्टि गरेको हो ।
जसमा ९ जना आरुघाट गाउँपालिकाका छन् भने एक जना भिमसेन थापा गाउँपालिकाका रहेको बताइएको छ ।
संक्रमित हुनेमा आरुघाट गाउँपालिका वडा नम्बर ४ का ४०, २०, २५, ६ वर्षका गरी ४ महिला र २२, १८, १६, ६५, २४ वर्षका ५ पुरुष रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले बताए ।
त्यस्तै भिमसेन थापा गाउँपालिका ३ का २६ वर्षिय पुरुषमा समेत संक्रमण देखिएको छ ।
यस सँगै गोरखामा कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।