गोरखा । विश्व दृष्टि दिबसको अवसरमा लायन्स क्लव अफ गोरखाले सदरमुकनममा निशुल्क आँखा जाँच शिविर संचालन गरेको छ ।
गोरखा नगरपालिका ६ स्थित लायन्स आँखा अस्पतालमा आयोजित शिविरमा बिहिबार ९१ जनाले सेवा लिइएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।
सोही अवसरमा उपचार सेवा लिन आएकाहरुलाई निशुल्क मास्क समेत बितरण गरिएको जनाएको छ ।
विश्व दृष्टि दिबसकै अवसर पारेर लायन्सले शनिवार बिभिन्न संघ संस्थाको समन्वयमा रक्तदान कार्यक्रम समेत आयोजना गर्ने तयारी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।