नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ। त्यसमध्ये २ हजार ५४० जना काठमाडौँ उपत्यकाका रहेका छन्।
बिहीबार पनि सबैभन्दा बढी काठमाडौँमा २ हजार ८५ रहेका छन्। त्यस्तै बढी संक्रमित हुने अरु जिल्लामा ललितपुरमा ३ सय २०, मोरङमा २ सय ४९, सुनसरी २ सय १४, रुपन्देही १ सय ९९, भक्तपुरमा १ सय ३५, मकवानपुर, १ सय ६ र १ सय ५ रहेका छन्।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ। मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ।
हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?


