काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बिहीबार १२ जना मृतक थपिएसँगै नेपालमा कोरोनाबाट हालसम्म ५ सय ९० जनाको मृत्यु भएको बताए ।