देशभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६ सय ८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ र होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ संक्रमित थपिएको जानकारी दिए ।
उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।