काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप
२ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २ हजार ८५ , भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जनामा कोरोना संक्रमण देखिएको हो।
बुधबार उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण देखिएको थियो।