• सोमबार, साउन ११ २०८३

नेपालमा एकैदिन थपिए ४ हजार ३ सय ६४ कोरोना संक्रमित


बिहिबार, असोज २२ २०७७
615
Shares

काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९८ हजार ६ सय १७ संक्रमितको संख्या पुगेको जनाए ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २६ हजार ६ सय ८४ जना रहेको छ । बुधबार ३ हजार ४ सय ३९ संक्रमित थपिएका थिए । २४ घन्टामा १८ हजार ४ सय ७३ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६ सय ७५ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार