कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)को आइसोलेसनमा उपचाररत पोखरा–१६ मा बस्ने ८३ वर्षीय वृद्धको बिहीबार बिहान मृत्यु भएको हो।
अस्पतालले उनी अन्य रोगबाट पनि पीडित भएको जनाएको छ।
उनलाई असोज ३ गते कोरानो संक्रमण पुष्टि भएसँगै अस्पतालको आइसोलेसनमा लगिएको थियो।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।