कोरोना संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपहानगरपालिका वार्ड नम्बर ६ का ८० बर्षीय पुरुषको आज दिउँसो १ बजेर २५ मिनेट जादाँ मृत्यु भएकोअस्पतालका सूचना अधिकारी डा. विष्णु गौतम जानकारी दिए ।
बुधबार अस्पतालमा भर्ना भएका उनी दम, ज्वरो, मधुमेह, प्रेसर र स्वासप्रश्वास सम्बन्धी रोगबाट पिडित रहेको डा.गौतम बताए ।
उनमा बुधबार नै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।