• शुक्रबार, साउन १५ २०८३

कोरोनाबाट थप एकको मृत्यु


बिहिबार, असोज २२ २०७७
635
Shares

काठमाडौं । कोरोना संक्रमणबाट थप एक नजनाको मृत्यु भएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा शहीदनगर नगरपालिका—१ का ७० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएकोे स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि उनी असोज २० गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा बुधबार दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

मुटुका रोगी समेत रहेका उनको उपचारकै क्रममा बुधबार राति नै मृत्यु भएको निमित्त निर्देशक झाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार