• शुक्रबार, साउन १५ २०८३

१ सय ३१ किलो गाँजासहित एक पक्राउ


बिहिबार, असोज २२ २०७७
615
Shares


वीरगञ्ज । प्रहरीले १ सय घ१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पर्साको पटेर्वासुगौली—५ देवरियाबाट १ सय ३१ केजी अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेको हो । पक्राउ पर्नेमा ४० वर्षीय राजु भनिने राज ओझैया रहेका छन् ।

उनको घरमा बिहीबार बिहान छापा मार्दा लुकाएर राखिएको अवस्थामा १ सय ३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

प्रहरीका अनुसार पक्राउ परेका राजु वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैया थारुका छोरा हुन् । वडा सदस्य दुखीभने छोरासँग छुट्टिएर बसेको र कारोबारमा संलग्न नदेखिएको प्रहरीको दाबी छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार