गोरखा । जागेश्वर माध्यामिक विद्यालयलाई भुपु विद्यार्थीले स्वस्थ्य सामग्री सहयोग गरेको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ को जागेश्वर माध्यामिक विद्यालयलाई भुतपूर्व विद्यार्थी ब्याच २०६४ ले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
विधालय संचालनमा आएकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै विधार्थीले उक्त सामग्री उपलब्ध गराएको भुतपूर्व विद्यार्थी इन्जिनियर कपिल तिमल्सिनाले बताए ।
जसमा ३ सय ६० थान फेस सिल र सात सय थान मास्क सहयोग गरिएका हुन् ।
विद्यार्थी र शिक्षकहरुलाई कोभिड १९ को संक्रमण बाट जोगिन मद्धत पुग्ने उद्देश्यले भुपु विद्यार्थीहरुले उक्त सहयोग गरेको तिमल्सिनाले बताए ।