गोरखा । प्रेस काउन्सिल नेपालले जिल्लाका संचार माध्यम र संचारकर्मीहरुको अबस्था बारे जानकारी लिएको छ ।
काउन्सिलका कार्यसमिति सदस्य चेतनाथ धमला र बरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालको टोलीले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्र्तक्रिया गरेको हो । सो अबसरमा कोभिड १९ का कारण गोरखाको संचार क्षेत्र धरासायी भएको, पत्रकार एवं संचारकर्मीको भविस्य अन्यौलमा परेको, फ्रन्ट लाइनमा काम गर्दा कोरोनाको जोखिम उच्च भएको, राज्यका तीनै तहका सरकारले संचार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि पहल नगरेको लगायतका गुनासो पत्रकारहरुले गरेका थिए ।
पत्रकार महासंघ गोरखाको समन्वयमा भएको कार्यक्रममा बोल्दै काउन्सिलका कार्यसमिति सदस्य धमला र बरिष्ठ प्रशासकीय अधिकृत खनालले स्थानीय तह र जिल्लामा रहेका सरकारी कार्यालयहरुले संचार माध्यम संरक्षण र प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउनु पर्ने बताए ।
नेपालको विद्यमान कानूनले फेसबुक र अन्य सामाजिक सञ्जाललाई संचारमाध्यमको रुपमा परिभाषा नगरेकाले महत्वपूर्ण सूचना र जानकारी आधिकारिक संचारमाध्यम मार्फत नै जनता माझ पु¥याउन जिल्लाका सरोकारवालाहरुलाई उनीहरुले आग्रह गरेका छन् ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापाले कोरोना र लकडाउनका कारण संचार माध्यमका प्रशासनीक काम प्रभावित भएको भन्दै त्यसमा छुट दिन काउन्सिललाई आग्रह समेत गरेका थिए ।