• आइतबार, भाद्र ७ २०८३

जिरुउड बने सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी


बिहिबार, असोज २२ २०७७
900
Shares


फरवर्ड ओलिभर जिरुउडले १०० औं अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी दुई गोल गरेका छन्। योसँगै जिरुउडले १०० खेलमा ४२ गोल गरेका हुन्।

गएराति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले युक्रेनलाइ ७–१ को फरकिलो अन्तरले पाखा लगाएको छ। ओलिभर जिरुउडले खेलको २४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारका थिए।

पहिलो हाफको ३४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेसँगै जिरुउड फ्रान्सबाट सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका हुन्। उनीभन्दा अघि थिएरी हेनरी १ सय २५ खेलमा ५१ गोल गरेका छन्।

युक्रेनविरुद्ध दुई गोल गरेसँगै उनले मिचले प्लाटिनी (४१) गोललाई पछि पारेका हुन्।

यूईएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्ड अघिको तयारीको लागि भएको मैत्रीपूर्ण खेलमा फ्रान्सको ओलिभर जिरुउडले दुई तथा इडुआर्डी कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे।

एक गोल उपहार पाउँदा युक्रेनका भिक्टोरले सान्त्वना गोल फर्काए।

गएराति नै भएको मैत्रीपुर्ण खेलमा पोल्याण्डले फिनल्याण्डलाइ ५–१ र इटालीले मोलडोभालाइ ६–० ले हराएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार