• आइतबार, भाद्र ७ २०८३

दसैंलगत्तै कक्षा १२ को परीक्षा गराउनेबारे मन्त्रालयमा छलफल


बिहिबार, असोज २२ २०७७
595
Shares


विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ। तर, निर्णय भने भई नसकेको शर्माले जानकारी दिए ।

विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए।

परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डअनुसार गरिने र सामाजिक दूरी कायम राखिने पनि उनले बताए।

गत वैशाखमा हुने कक्षा १२ को परीक्षा कोरोना भाइरस महामारीले स्थगित भएको थियो।

यस्तै कक्षा ११ को सन्दर्भमा भने विद्यार्थीलाई अनुकूल हुने समयमा परीक्षा गर्न विद्यालयले सक्ने उनले बताए।

कक्षा १२ पढ्न कक्षा ११ पास हुनु नपर्ने भएकोले कक्षा १२ को परीक्षा फारम भर्नु अघिसम्म कक्षा ११ का विद्यार्थीको परीक्षा विद्यालयले लिन सक्ने उनको भनाइ छ।

सरकारले विद्यालय, विश्वविद्यालयलगायतमा रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिइसकेको उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार