http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
नेपाली बजारमा बिहीबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु. २०० सयको दरले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।