सरकार र आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ।
डा. केसीको मागको विषयमा छलफल गर्न सरकारी वार्ता टोली र केसीका प्रतिनिधिहरुबीच मन्त्रालयमा बिहीबार बिहान १०ः३० बजेदेखि वार्ता शुरु भएको हो।
मन्त्रालयमा जारी वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा सचिव गोपीनाथ मैनालीले गरेका छन् भने केसीको प्रतिनिधिकहरुको नेतृत्व डा. जीवन क्षेत्रीले गरेका छन्।
डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का क्षेत्रीको टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।
मैनाली नेतृत्वको सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दीलिप शर्मा सदस्य रहेका छन्।