• शुक्रबार, साउन १५ २०८३

आईपिएल : चेन्नईलाई १० रनले हराउदौ कोलकता तेस्रो स्थानमा


बिहिबार, असोज २२ २०७७
940
Shares


इन्डियन प्रिमियर लिग (आइपिएल) अन्र्तगत बुधबार अबुधाबीमा भएको खेलमामा कोलकता नाइड राइडर्सले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ।

आइपीएलमा तेस्रो जित निकालेको कोलकता ६ अंकमा तेस्रो स्थानमा छ। पाँचौ स्थानमा रहेको चेन्नईले चौथो हार भोगेको छ। कोलकताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकता २० ओभरमा १६७ रनमा अलआउट भयो।

कोलकताका लागि ओपनर राहुल त्रिपाठीले ८१ रनको योगदान दिए। उनले ५१ बलमा ८ चौका र ३ छक्का हिर्काए। शुभमान गिल ११ रनमा आउट भए भने सुनील नारिनले १७ रन भन्दा बढी जोड्न सकेनन्।

कोलकताविरुद्ध चेन्नईका डिजे ब्राभोले ३ विकेट लिए। यस्तै कर्ण शर्मा, शार्दुल ठाकुर र साम कुरानले २—२ विकेट लिन सफल भए।

ओपनर सेन वाट्सनले ५० रन जोडे भने अम्बाती रायदुले ३० रन बटुले। कप्तान महेन्द्रसिंह धोनीले ११ रन भन्दा बढी जोड्न सकेनन्। अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।

बलिङमा कोलकताका पाँच बलरले १—१ विकेट लिए। शिभम् मावी, वरुण चक्रवर्ती, कमलेश नगरकोटी, सुनील नारिन र आन्द्रे रसेलले १—१ विकेट लिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार