नेपालमा एकैदिन अहिलेसम्मकै धेरै ३ हजार ४ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा १ हजार ६ सय ८४ सहित देशभरमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो।
बुधबार पनि सबैभन्दा बढी काठमाडौँमा १ हजार २ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा मोरङ ३ सय २२, ललितपुर, २ सय ९३ सुनसरी १ सय ९३, चितवन १ सय ३१, रुपन्देही १ सय ३०, बाँके १ सय ६, मकवानपुर ९९, भक्तपुरमा ९५ र सुर्खेत ७८ रहेका छन्।
योसँगै नेपालमा संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ।
हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए ?


