• सोमबार, साउन ११ २०८३

उपत्यकामा थप १६ सय ८४ जना संक्रमण पुष्टि


बुधबार, असोज २१ २०७७
755
Shares


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ६ सय ८४जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार २ सय ९६ , भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको हो।

मंगलबार उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण देखिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार