नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ। त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा थप १४ हजार २ सय ९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या ११ लाख १३ हजार ४ सय ८५ पुगेको छ।
त्यस्तै आज थप ११ सय २९ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ।