• आइतबार, असोज १८ २०८३

विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने ६ जना पक्राउ


बुधबार, असोज २१ २०७७
655
Shares


स्याङजा — प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने ६ जनालाई पक्राउ गरेको छ । चापाकोट नगरपालिका–५ ज्याग्दी खोलामा विस्फोटक पदार्थ प्रगोग गरी माछा मारेको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो ।

असोज १९ गते दिउँसो माछा मारेको अभियोगमा पाल्पा रामपुर नगरपालिका–३ का ३० वर्षीय बलराम राना, रामपुर–४ का ३४ वर्षीय प्रविन थापा, ३५ वर्षीय बद्री थापा, रामपुर–५ का २६ वर्षीय विमल थापा, स्याङजाको विरुवा गाउँपालिका–१ का २७ वर्षीय झकबहादुर थापा र २४ वर्षीय शिखर थापालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए ।

प्रहरीले उनीहरको साथबाट ५ ग्राम बारूद, आल्मोनियमको ४ थान पाइप लगायतका सामग्रीहरु बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दा दर्ता गरी मंगलबार जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार