• आइतबार, असोज १८ २०८३

चीनले बनाएको कोरोनाविरुद्धको खोप सुरक्षित देखियोः अध्ययन


बुधबार, असोज २१ २०७७
610
Shares


चीनको कोरोना भाइरसविरुद्धको एक प्रयोगात्मक खोप सुरक्षित देखिएको अध्ययनले बताएको छ।

चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेसको मातहतमा रहेको संस्था इन्स्टिट्युट अफ मेडिकल बायोलोजीले निर्माण गरेको खोपले सुरुवाती चरणको परीक्षणमा सकारात्मक परिणामा दिएको अध्ययनलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

१८ देखि ५९ वर्षका १ सय ९१ मानिसमा गरिएको परीक्षणमा खोप सुरक्षित देखिएको जनाइएको छ। खोप परीक्षण गरेका मानिसमा गम्भीर साइड इफेक्ट नदेखिएको बताइएको छ।

खोप लगाएपछि ती मानिसहरुको प्रतिरक्षा प्रणाली थप विकास भएको पनि जनाइको छ। इन्स्टिट्युट अफ मेडिकल बायोलोजीले सुरुवाती परीक्षण सफल भएपछि थप प्रेरणा मिलेको बताएको छ।

हालसम्म चीनका चारवटा प्रयोगात्मक खोप अन्तिम चरणमा प्रवेश गरिसकेको छ। यद्यपी अन्तिम चरणको परीक्षण नभएता पनि चीनले हजारौं मानिस जो कोरोनाबाट निकै ग्रस्त छन्, त्यस्तामा ती खोपहरु प्रयोेग गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार