• शुक्रबार, साउन १५ २०८३

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा


बुधबार, असोज २१ २०७७
665
Shares


गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

कास्कीको पोखरा महानगरपालिका ९ स्थित गण्डकी मेडिकल कलेजमा बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

मेडिकल कलेज परिसरमा बुधबार कलेजका प्राध्यापक प्रा. डा.रबिन्द्र श्रेष्ठले एक समारोहकाबीच एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

मेडिकल कलेजमा एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

उपचारको सिलसिलामा मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन् ।

एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुने विश्वास लिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार