• शुक्रबार, साउन १५ २०८३

पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई पक्राउ


बुधबार, असोज २१ २०७७
1.2K
Shares

Modern metal handcuffs. Vector illustration in flat style

पेस्तोल र पाँच राउण्ड गोली सहित दुई जना पक्राउ परेको छ ।

बाँकेको नरैनापुर गाउँपालिका—५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका—२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका—१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई हतियारसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार