• शुक्रबार, साउन १५ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


बुधबार, असोज २१ २०७७
715
Shares


काठमाडौं । कोरोना संक्रमणका कारण ललितपुरमा एकजना महिलाको मृत्यु भएको छ ।

ललितपुरस्थित किस्ट अस्पतालमा बालाजुकी ६९ वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकले बताए ।

उनी संक्रमण पुष्टि भएपछि असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् ।

संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या रहेको अस्पतालले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको पाठकले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार