काठमाडौं । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ‘बत्तीस लक्षणकी भएकी बुहारी’ बोलको गित बजारमा ल्याएको छ ।
यो गित समाज भित्रको एक अंग सासुबुहारीको विषयमा केन्द्रित रहेर बनाएको छ ।सासु बुहारी बीचको सम्बन्धलाई व्यक्त गरिएको यो गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।
गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ ।
म्युजिक भिडियोमा भने मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुलगायतको अभियन छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा डम्बर राईको छायाँकन र टेकेन्द्र शाहको सम्पादन छ ।