• शुक्रबार, साउन १५ २०८३

आईपिएल : राजस्थानमाथि जित निकाल्दै मुम्बई शीर्ष स्थानमा उक्लियो


बुधबार, असोज २१ २०७७
605
Shares


आईपीएल क्रिकेटअन्तर्गत मंगलबार अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराउदौ जित हात पारेको छ ।

यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमा अलआउट भयो ।मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमा अलआउट भयो ।

मुम्बईका लागि नटआउट ७९ रन बनाएर सूर्यकुमार यादवले जितको आधार तयार पारेका थिए । सूर्यकुमार म्यान अफ द म्याच भए । मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सको बलिङ पनि उत्कृष्ट रहेपछि राजस्थान पराजित भयो ।

बुमराहले २० रन खर्चेर ४ विकेट लिए भने बोल्टले २६ रन खर्चेर २ विकेट लिए । यसैगरी जेम्स प्याटिन्सनले पनि २ विकेट लिँदा १९ रन दिए ।

युएईमा जारी आईपीएलको १३ औं संस्करणमा मुम्बईको यो चौथो जित र राजस्थानको तेस्रो हार हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार