• शुक्रबार, साउन १५ २०८३

बहराइनका राजकुमार शेख मोहम्मदकाे टाेली गोरखामा


बुधबार, असोज २१ २०७७
770
Shares

गोरखा । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोली गोरखाको सामागाउँमा पुगेका छन् ।

राजकुमार सहित २१ जनाकाे टाेली मंगलबार बिहान ११ बजे हेलिकप्टर मार्फत सामागाउँ पुगेकाे हाे ।

मनास्लु हिमाल आरोहणका लागि त्यस क्षेत्र पुगेका राजकुमार सहितकाे टोलीलाई स्थानीयले भब्य स्वागत गरेका छन् ।

गोरखाकाे उत्तरी क्षेत्रमा पर्ने सामागाउँमा बाजा गाजाले स्वागत सहित स्थानीय भेषभुषामा (छुवा)मा राजकुमार शेख माेहम्मद सहितकाे टाेलीलाई सजाएकाे चुनमुब्री गाउँपालिका १ का वडाध्यक्ष बिरबहादुर लामाले बताए ।


राजकुमार शेख मोहम्मदको मनासलु हिमाल आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको छ ।

मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एकसाताअघि नै मनासलु आधार शिविर पुगिसकेको छ ।

अबकाे केहिदिनमा उनकाे टाेलीले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आराेहणकाे सुरुवात गर्नेछ ।

यसअघि राजकुमारको टोलीले गत शनिबार सोलुखुम्बु जिल्लाको ६ हजार १ सय १९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरिसकेकाे छ ।

तस्विर : दराैदी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार