गोरखा । गोरखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बेलुका ४ः४५ बजे प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गर्दै २ जनामा संक्रमण पुष्टि गरेको हो ।
जसमा भिमसेन थापा गाउँपालिका ७ का ४२ बर्षका पुरुष र वडा नम्बर ८ का ४ बर्षिया बालिका रहेको बताइएको छ ।
त्यस्तै आज गोरखा सहित गण्डकी प्रदेशमा थप ४५ जना संक्रमित थपिएका छन् । जसमा कास्कीमा २३, लकजुङमा १३, पर्वतमा २ र तनहुँमा ५ जना रहेको बताइएको छ ।
यससंगै हालसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ३ सय ९ पुगेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले बताए ।